एनएमबि बैंकको खाता कनेक्ट आईपीएसमा अनलाइन भेरिफाई गर्न सकिने

2021-06-01
एनएमबि बैंकको खाता कनेक्ट आईपीएसमा अनलाइन भेरिफाई गर्न सकिने

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै सेल्फ भेरिफाई गर्न सक्ने व्यवस्था गरेको छ । 

यो सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाई गर्नका लागि बैंकको शाखा पुग्नुपर्ने छैन र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सक्नेछन्। हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरुमार्फत पनि फन्ड ट्रान्सफर तथा अन्य भुक्तानीका लागि कनेक्ट आईपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ र एनएमबि बैंकको यस अनलाइन सुविधाको थालनीले बैंकका ग्राहकलाई हालको लकडाउनको अवस्थामा थप सहजह ुने विश्वास गरिएको छ।

अनलाइन सेल्फ भेरिफाई गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन रु १ लाख तथा प्रतिमहिना रु १० लाखसम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाका लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एकपटक भेरिफाई गराउनुपर्ने हुन्छ। यसरी अनलाइनबाट सेल्फ भेरिफाई गर्ने सुविधा हाल १६ वाणिज्य बैंक, ६ विकास बैंक र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको छ। कनेक्ट आईपीएसमा हाल ५४ बैंक तथा वित्तीय संस्था सदस्य छन्।

बैंक खाता लिंक गरी अनलाइन सेल्फ भेरिफाई कसरी गर्ने ?

कनेक्ट आईपीएसमा ‘लिंक अकाउन्ट’ अप्सनभित्र आवश्यक विवरण दखिला गरी खाता लिंक गर्ने
‘–म्यानेज अकाउन्ट’ भित्र लिंक गरिएको खातामा ‘सेल्फ भेरिफाई अकाउन्ट’ मा क्लिक गर्ने
–रजिस्टर गरिएको मोबाइल नम्बरमा प्राप्त ओटीपी (वान–टाइम पासवर्ड) दाखिला गर्ने
–अनलाइन लिंक गर्न खोजिएको खातामा जम्मा भएको दुईवटा रकमहरु (माइक्रो डिपोजिट) दाखिला गरी प्रक्रिया पूरा गर्ने
–अब लिंक गरिएको खातामार्फत मोबाइल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ। 

अनलाइन सेल्फ भेरिफाई प्रक्रियाका लागि भने ग्राहकले कनेक्ट आईपीएसमा रजिस्टर गरेको मोबाइल नम्बर र बैंकमा रहेको मोबाइल नम्बर भने एउटै हुनुपर्ने हुन्छ। सेल्फ भेरिफाई गरिएका खाताको कारोबार सीमा बैंकबाटै तोकिने हुँदा विभिन्न बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराएको सीमा फरक हुन सक्दछ। 


Share this with your friends: