एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

2021-06-18
एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

काठमाण्डौ। एनएमबि बैंकले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर निर्धारण गरेको छ ।  जुन वाणिज्य बैंकहरुले प्रदान गरिरहेकोमध्येकै सर्वाधिक ब्याज भएको बैंकले दाबी गरेको छ । 

हाल साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको बैंकले जनाएको छ । 

बैंकले मुद्दतिमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ।

‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिए पनि एनएमबी बैंकले भने स–साना निक्षेपकर्तालाई मर्का नपरोस् भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको बैंकले जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरि १८१ शाखा, १३७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।


Share this with your friends: