एनएमबि लघुवित्तद्वारा ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेसन प्रणालीको सुरुवात

2021-06-25
एनएमबि लघुवित्तद्वारा ‘क्रेडिट एक्स’ नामक ऋण अटोमेसन प्रणालीको सुरुवात

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ। संस्थाले  एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर यो प्रणाली सुरु गरेको हो । यो प्रणालीले इन्टरनल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने काम गर्ने संस्थाले जनाएको छ ।  

एनएमबि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाका तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन्। क्रेडिट–एक्स ऋण (अटोमेसन प्रणाली) को थालनीसँगै लघुवित्त संस्थाहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुने र प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ संस्थाले विश्वास लिएको छ ।  

उस्तै यो नयाँ तरिकाले लघुवित्त संस्थालाई द्रुतगतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्ने तथा जमानत र गैरजमानत बेस लोन पनि प्रोसेस गर्ने संस्थाले जनाएको छ । 

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्डअन्र्तगत रहेको रेटिङको दृष्टिकोणमा निर्माण गरिएको छ। यो स्वायत्त प्रणालीले सञ्चालित ग्राहकको उद्देश्य मूल्यांकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणका रुपमा पनि रहेको छ। यस नयाँ प्रणाली कार्यान्वयन भएसँगै लघुवित्त संस्थाहरूका उपभोक्ताले प्रशोधन र ऋण स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन्। 

एसबी सोलुसन्सले बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा प्रक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलिमेन्टेसन गर्दै आइरहेको छ। यसका साथै एसबी सोलुसन्सले डिजीहबसँगको सहकार्यमा पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ। 


Share this with your friends: