एनएमबी क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

2021-08-27
एनएमबी क्यापिटलद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एनएमबी क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले ११ औँ वार्षिक साधारण सभा डाकेको हो । 

बैठकले आगामी असोज १ गते शुक्रबारका दिन काठमाण्डौ हात्तिसारमा रहेको आरण्ड बुटिक होटलमा सभा आयोजना गर्ने निर्णय गरेको हो । 

उक्त सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत नगद लाभांस प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । 

यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सेमत पारित गरिनेछ ।  

 


Share this with your friends: