काठमाण्डौ । एनएमबी म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने दुईवटा म्युचुअल फन्डको इकाईमूल्य समायोजन गरिएको छ । एनएमबी बैंक कोष प्रवद्र्धक तथा एनएमबी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबी फिफ्टी र एनबएमबी हाइब्रिड फन्ड एल १ द्वारा आर्थिक वर्ष २०७७/७८ का लागि घोषणा गरिएको लाभांसका लागि इकाइमूल्य समायोजन गरिएको हो ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले एनएमबी हाइब्रिड फन्ड एल १ को इकाइमूल्य समायोजन गर्दै प्रतिइकाइ ११.८० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन फन्डको इकाइमूल्य प्रतिकित्ता १३.८० रुपैयाँ थियो ।
यस्तै एनएमबी फिफ्टीको इकाइमूल्य समायोजन गर्दै प्रतिइकाइ १२.५३ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन फन्डको प्रतिइकाइ मूल्य १५.५३ रुपैयाँ थियो ।
आर्थिक वर्ष २०७७/७८ का लागि एनएमबी फिफ्टीका इकाइधनीहरुका लागि ३० प्रतिशत नगद लाभांर र एनबएमबी हाइब्रिड फन्ड एल १ का लागि २० प्रतिशत नगद लाभांसको घोषणा गरिएको छ ।