एनएमबी बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस वितरणको प्रस्ताव पारित गरिने

2021-12-10
एनएमबी बैंकले डाक्यो वार्षिक साधारण सभा, लाभांस वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको नवौँ वार्षिक साधारण सभा डाकेको हो। 

बैठकले आगामी पुस २६ गते सोमबारका दिन कास्की जिल्ला न पोखरामा रहेको होटल पोखरा ग्रान्डमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा संस्थाद्वारा प्रस्तावित २१.५० प्रतिशत बोनस सेयर र १.१३ प्रतिशत नगद लाभांस गरी कुल २२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ। 

यस्तै सभामा अन्य वित्तीय संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धि सम्पूर्ण प्रक्रिया पुरा गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आ.व २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आ।व २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ। 

वार्षिक साधारण सभा तथा लाभांस वितरण प्रयोजनका लागि संस्थाले आगामी पुस ९ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ८ गतेसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांस प्राप्त गर्न तथा वार्षिक साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।   


Share this with your friends: