काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओमा)मा हाल कार्यरत सीईओ सुनिल केसीलाई नै निरन्तरता दिइएको छ। बैंकको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कार्यरत सीईओ सुनिल केसीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
केसीलाई चैत १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरिएको बैंकले जनाएको छ। केसीको कार्यकाल यहि फागुन मसान्तमा समाप्त हुदैँछ।