काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले ऋणपत्रको बाँडफाँट कार्य सम्पन्न गरेको छ । बैंकले गत जेठ २ गतेदेखि जारी गरेको २ अर्ब रुपैयाँबराबरको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’ नामक ऋणपत्रको २० लाख कित्ता जेठ ११ गते बाँडफाँड गरेको हो ।
निष्कासन गरिएको कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन गरिएको थियो । सर्वसाधारणका लागि निष्कासन गरिएको कुल ८ लाख इकाइमध्ये ५ प्रतिशतले हुन आउने ४० हजार इकाइ सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो भने बाँकी ७ लाख ६० हजार इकाइ सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।
बैंकको धितोपत्र निकाष्सन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।