एनएमबी बैंकको दुईवटा ऋणपत्र नेप्सेमा सूचीकृत

2021-08-19
एनएमबी बैंकको दुईवटा ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबी बैंकको दुईवटा ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा एनएमबी बैंकको ‘एनएमबी उर्जा ऋणपत्र ४ %–२०९२ /९३’ र ‘एनएमबी ऋणपत्र ८.५% २०८७÷८८’ सूचीकृत भएको हो । बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका १५ लाख कित्ता एनएमबी उर्जा ऋणपत्र र ‘एनएमबी ऋणपत्र ८.५% २०८७/८८’ को २० लाख ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो। 

यी दुवै ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत भदौ १ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो। 

यससँगै आज(भदौ ३ गते) नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ। 


Share this with your friends: