काठमाण्डौ । एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटेल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ।
बैंक र होटेलबीच एनसीसी बैंकको भिसा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीलाई होटेलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउनेबारे सम्झौता भएको हो। होटेलले फुड एन्ड बेभरेजमा १० प्रतिशत र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ।
हालसम्म एनसीसी बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गरेको छ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा, ११ वटा एक्सटेन्सन काउन्टर र ११४ वटा एटीएम बुथहरु सञ्चालन गरीे ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।