एनसीसी बैंकको स्वतन्त्र सञ्चालकमा खड्का नियुक्त

2021-02-18
एनसीसी बैंकको स्वतन्त्र सञ्चालकमा खड्का नियुक्त

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)को स्वतन्त्र सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन्। बैंकको गत माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले खड्का लाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। खड्कालाई वर्तमान सञ्चालक समितिको कार्यकालसम्मका लागि नियुक्त गरिएको बैंकले जनाएको छ। 

नवनियुक्त सञ्चालक खड्कालाई माघ २९ गते शपथ ग्रहण गराई पद बहाली गराईएको बैंकले जानकारी दिएको छ। 

राजाराम खड्का एक कुशल बैंकरको रुपमा चिनिन्छन् । उनी एनसीसी बैंकसँग मर्जर जानु अघि इन्टरनेशनल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) थिए । उनी यस बैंकको संस्थापक सीईओ समेत थिए र उनी प्रमुख कार्यकारीको रुपमा आठ वर्षसम्म कार्यरत थिए । 

उनले नेपालका विभिन्न बैंकहरुमो दुई दशकभन्दा धेरै समय काम गरेका छन् । खड्काले आफ्नो बैंकिङ करिअर नविल बैंकबाट सुरुवात गरेका थिए र एभरेष्ट बैंक, एनआईसी एशिया बैंक र सनराइज बैंकमा विभिन्न पदमा रहि काम गरिसकेका छन् ।   

 

 


Share this with your friends: