एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

2021-02-21
एनसीसी बैंकको संस्थापक सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड९एनसीसी बैंक०को संस्थापक सेयरको लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन ०२ गतेदेखि लिलामीमार्फत बिक्री खुला गराएको २५ लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  

बैंकले संस्थापक सेयरको न्युनतम मूल्य प्रति कित्ता १४० रुपैयाँ तोकेको छ र यसमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले के कति दरमा सेयर खरिद गर्न चाहेको हो त्यो खुलाई बोलपत्र आवेदन पेश गर्न सक्नेछन्। बोलपत्र आवेदन सनराईज क्यापिटल लिमिटेड कमलपोखरीबाट प्राप्त गर्न सकिनेछ। 

बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्युनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतमका लागि भने कुनै पनि हद तोकिएको छैन। अर्थात लगानीकर्ताले सम्पूर्ण कित्ता९२५ लाख कित्ता०का लागि आवेदन दिन सक्नेछन्। दश लाखभन्दा बढी रकमका लागि आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो प्यान नम्बर आवेदन फाराम उल्लेख गर्नुपर्नेछ। 

बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबोल गरेको सेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन। प्राप्त बोलपत्रमध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकहरुलाई सेयर बाँडफाँड गरिनेछ। 

लगानीकर्ताले आज बैंकिङ समयसम्म बोलपत्र आवेदन पेश गर्नु पर्नेछ । 

 


Share this with your friends: