एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

2021-04-04
एनसीसी बैंकको डिबेन्चर रजिष्ट्रारमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई डिबेन्चर रजिस्ट्रार नियुक्त गरेको छ।

सम्झौतापत्र बैंकका वरिष्ठ प्रबन्धक राजेशराज ढुंगेल र क्यापिटलका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। 

काठमाण्डौको बागबजारस्थित रजिस्ट्रर्ड कार्यालय रहेको एनसीसी बैंक कम्पनी ऐन, २०६३अन्तर्गत दर्ता भई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ बमोजिम कारोबार गर्ने वित्तीय संस्था हो । 


Share this with your friends: