एनसीसी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

2021-05-24
एनसीसी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । 

आज(जेठ १० गते)कम्पनीको ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । कम्पनी र नेपाल स्टक एक्सचेञ्ज बीच धितोपत्र सूचिकरण सम्झौता सोमवार भएसँगै लगानीकर्ताले मंगलवारदेखि उक्त ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् । 

बैंकको ९.५ प्रतिशत एनसीसी ऋणपत्र २०८६ ऋणपत्र सूचीकृत भएको हो ।
बैंकले गत चैत १३ गतेदेखि ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र निष्कासन गरेको थियो।


Share this with your friends: