काठमाण्डौ । ओरियन्टल होटल्स् लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । होटलको सञ्चालक समितिको तेस्रो बैठकले २४ औँ वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी असोज १९ गते मंगलबारका दिन काठमाण्डौ लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा भर्चुअलमाध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा इक्विटीटीमा भएको परिवर्तन तथा वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनुका साथै संस्थापक सेयरधनीहरु समूह(क)बाट ४ जना साधारण सेयरधनीहरु (ख)बाट २ जना को निर्वाचन गर्ने र १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीले वािर्षक साधारण प्रयोजनका लागि आगामी असोज ४ गतेदेखि १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।