काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत असार १ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो।
बैठकले आगामी असार २५ गते शुक्रबारका दिन विरगंजमा रहेको बैंकको प्रधान कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त सभामा कर्पोरेट डेभलपमेन्ट बैंक र अन्य बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने वा प्रािप्तमा सम्बन्धमा बैंकको चल अचल सम्पत्ति, दायित्व तथा कारोबारहरुको मूल्यांकन गर्नका मूल्यांकनकर्ताको नियुक्ती, लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण र गाभ्ने/गाभिने वा प्रािप्तमा सम्बन्धी सम्झौतापत्र तर्जुमा गर्ने र यससम्बन्धी थप सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।
सभामा नेपाल राष्ट्र बैंकको कार्य क्षेत्र विस्तार सम्बन्धी व्यवस्था अनुसार बैंकको कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारित गरिनेछ।
यस्तै आ.व २०७६/७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरीा पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरुमाथि छलफल गरीा पारित गरिनुका साथै आ.व २०७७/७८ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।