कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने समयावधि थप

2022-02-10
कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकको निर्यायअनुसार बैंकको हकप्रदमा आवेदन दिने समयावधि थप गरिएको हो । अब लगानीकर्ताहरुले फागुन १३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

बैंकले गत माघ ७ गतेदेखि विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

यो हकप्रद निष्कासनका लागि गत पुस २६ गते एकदिनका लागि बुक क्लोज गरिएकाले  पुस २५ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले मात्रै बैंंकद्वारा जारी गरिने हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। हकप्रद निष्कासन आगामी माघ २७ गते बन्द हुनेछ । लगानीकर्ताले सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाण्डौ, कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरु विरगंज १३ आर्दशनगर पर्सा, ड्राइपोर्ट पर्सा,विरगंज ३१ चोर्नी, विरगंज ८ बसपार्क,पोखरा,सुर्खेत नेपालगंज र धनगढी तथा सि–आस्वाका सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।   


Share this with your friends: