कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

2022-02-25
कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रदमा आवेदन दिने आज(फागुन १३ गते)अन्तिम दिन रहेको छ ।  

बैंकले गत माघ ७ गतेदेखि विद्यमान चुक्तापूँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा प्रति सेयर रु.१०० अंकित दरका ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

यो हकप्रद निष्कासनका लागि गत पुस २६ गते एकदिनका लागि बुक क्लोज गरिएकाले  पुस २५ गतेसम्म कारोबार भई कायम भएका साविकका सेयरधनीहरुले मात्रै बैंंकद्वारा जारी गरिने हकप्रदमा आवेदन दिन सक्नेछन् । हकप्रद निष्कासनका लागि सिभिल क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ। 

लगानीकर्ताले सिभिल क्यापिटल मार्केट सुन्धारा काठमाण्डौ, कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यालय तथा शाखा कार्यालयहरु विरगंज १३ आर्दशनगर पर्सा, ड्राइपोर्ट पर्सा,विरगंज ३१ चोर्नी, विरगंज ८ बसपार्क,पोखरा,सुर्खेत नेपालगंज र धनगढी तथा सि–आस्वाका सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।   


Share this with your friends: