काठमाण्डौ । कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि नियामक निकाय बीमा समिति एक साताका लागि सिल गरिएको छ।
समितिमा कार्यरत ७ जना कर्मचारीमा कोरोना संक्रमण पृष्टि भएको हो। यससँगै भोलि मंगलबारदेखि लागू हुने गरी बीमा समिति एक साताका लागि सिल गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।
पौडेलका अनुसार हाललाई कार्यालयबाट प्रवाह हुने अतिआवश्यकबाहेकका कामकाज बन्द गर्ने निर्णय भएको छ। अत्यावश्यक काम पनि कर्मचारीहरुले घरबाटै गर्ने निर्णय भएको उनले जानकारी दिए।