काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लगाउने तयारी

2020-08-18
काठमाण्डौ उपत्यकामा निषेधाज्ञा लगाउने तयारी

काठमाण्डौ । काठमाण्डौ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू गर्न तयारी थालिएको छ। काठमाण्डौ ,ललितपुर र र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक अहिले जारी छ। सो बैठकले तीनवटै जिल्लामा एकरुपता कायम हुनेगरी निषेधाज्ञा जारी गर्ने र उपत्यकाभित्र सबै खालका आवतजावत तथा मानवीय गतिविधि ठप्प पार्ने गरी निर्णय गर्ने एक प्रजिअले बिमा पत्रिकालाई जानकारी दिए। ‘हामी आज राती सम्म निषेधाज्ञाको आदेश जारी गर्ने गरी तयारीमा छांै। निर्णय भइसकेको छैन तर गतिविधि ठप्पै नपारी पनि भएको छैन।’ ति प्रजिअले भने – ‘ उपत्यकामा कडाइ गर्ने आदेश सरकारबाट पनि बारम्बार आइरहेको छ। हामी आजै यस सम्बन्धि निर्णयमा पुग्छौ। ’


पछिल्लो समय उपत्यकाका तीन जिल्लामा कोभिड–१९ संक्रमितको संख्या तिव्र गतिमा बढीरहेको छ। संक्रमण नियन्त्रण तथा रोकथाम र संक्रमितको व्यवस्थापनका लागि सम्बन्धित क्षेत्रका प्रशासन कार्यालय र स्थानीय सरकारहरुले काम गरिरहेका भएपनि प्रभावकारी हुन सकेको छैन।

यस्तो अवस्थामा हालै बसेको मन्त्रीपरिषदको बैठकले काठमाण्डौका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई संक्रमण फैलिएको कुनै विशेष क्षेत्र वा जिल्लाभरी नै निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरेको छ। सरकारको यहि निर्णय र गतिविधिमा कडाई गर्नु भन्ने आदेशपछि उपत्यकाका प्रजिअहरु निषेधाज्ञाको तयारीमा जुटेका हुन्। सम्भवत आज मध्य राती देखि लागू हुने गरी निषेधाज्ञाको आदेश आउन सक्छ।  

 


Share this with your friends: