काठमाण्डौ विशेष अदालतमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

2021-04-16
काठमाण्डौ विशेष अदालतमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

काठमाण्डौ । प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा काठमाण्डौस्थित विशेष अदालत परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। 

विशेष अदालतमा स्थापित एक्सटेन्सन काउन्टरबाट आज शुक्रबारदेखि कारोबार सुरु भएको हो। एक्सटेन्सन काउन्टरको बिहान १० बजे विशेष अदालतका न्यायाधीश प्रेमराज कार्कीबाट एक समारोहबीच उद्घाटन गरिएको छ। 

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले विशेष अदालतमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको हो। प्रभु बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित विशेष अदालतमा आउने सेवाग्राहीलाई रकम जम्मा गर्न र विशेष अदालतको काम गर्न सहज र सरल हुने भएको छ। 

उक्त एक्सटेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीय तथा सेवाग्राहीले बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ। प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५९ वटा एक्सटेन्सन काउन्टर तथा २ वटा शाखारहित बैंकिङ सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ। 


Share this with your friends: