काठमाण्डौ । नेपालीहरुको महान् चाड वडा दशैको अवसरमा नेपालका सम्पूर्ण बीमा कम्पनीहरु भोलि(कात्तिक ७ गते)देखि कात्तिक ११ गतेसम्म बन्द हुनेछन्। यस अवधिमा नेपालमा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी बन्द रहेछन्। नेपाल सरकारको कात्तिक ७ गतेदेखि ११ गतेसम्म दशैको बिदा दिने निर्णय बमोजिम नै बीमा कम्पनीहरु पनि बन्द अवस्थामा रहेछन्।
नेपाल बीमक संघका प्रोग्राम अफिसर कृष्ण प्रसाद न्यौपानेले बीमक अंघको कार्यालय भोलिदेखि बन्द रहने र यस अन्र्तगतका बीमा कम्पनीहरु पनि भोलिदेखि ११ गतेसम्मका लागि बन्द रहने बताए। उनले भने “हाम्रो कार्यालय र यस अन्तर्गतका सबै बीमा कम्पनीहरु भोलिदेखि कात्तिक ११ गतेसम्मका लागि बन्द रहने छन्। यसबीच अति जरुरी सेवाहरु भने आवश्यकताअनुसार प्रवाह हुन सक्छ।”