कामना सेवा विकास बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

2020-12-21
कामना सेवा विकास बैंकद्वारा लाभांस वितरणको प्रस्ताव

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। बैंकको गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो। 

बैठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफा/नोक्सान बाँडफाँड हिसाब तथा अन्य वितरण योग्य कोषहरुबाट चुक्तापूँजीको ४.४० प्रतिशतले बोनस सेयर र ०.२३ प्रतिशत नगद लाभांस गरी कुल ४.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो। बैंकद्वारा प्रस्तावित कुल ४.६३ प्रतिशत लाभांसमा चुक्तापूँजी २ अर्ब ५४ करोड १ लाख ९५ हजार ३५२.०२ रुपैयाँको ४.४० प्रतिशतले हुन आउने ११ करोड १७ लाख ६८ हजार ३७९.५७ रुपैयाँ बराबरको बोनस सेयर र ०.२६ प्रतिशतले हुन आउने ५८ लाख ८२ हजार ५४६.२९ रुपैयाँ बराबरको नगद लाभांस रहेका छन्। 

यो लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिनेछ।  

 


Share this with your friends: