काठमाण्डौ । कामना सेवा विकास बैंकले डिबेन्चर रजिष्ट्रार नियुक्त गरेको छ। बैंकले एनआईबीएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरेको हो।
बैंकले ‘९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८७ नामक ऋणपत्रको कारोबार सम्बन्धी अभिलेख राख्न, दाखिला खारेज, अभिलेख राख्न, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवापाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यका लागि एनआईबीएल एस क्यापिटललाई डिबेन्चर रजिष्ट्रारमा नियुक्त गरिएको जनाएको छ।
बैंकले गत माघ २२ गतेदेखि १ अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका १० लाख युनिटको “९ प्रतिशत केएसबीबीएल डिभेन्चर २०८७” नामक ऋणपत्रमा निष्कासन गरेकोृ थियो । दश वर्षे यो ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज दिनेछ।