काठमाण्डौ । कामना सेवा विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका १० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।
‘९% कामना सेवा बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक यो ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत जेठ ७ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।
यससँगै आज(असार ९ गते) नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ।
बैंकले गत माघ २२ गतेदेखि फागुन ६ गतेसम्म यो ऋणपत्र निष्कासन गरेको थियो । यो ऋणपत्रको कुल इकाइमध्ये ६ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ४ लाख इकाइ सर्वसाधारका लागि बिक्री गरिएको थियो।