काठमाण्डौ । कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले सर्वसाधारणलाई सेवासुविधा प्रदान गर्ने भएको छ।
कामना सेवा विकास बैंक र र सीडीएससीबीच निक्षेप सदस्यतासम्बन्धी सम्झैता सम्पन्न भएको हो। पुतलीसडकस्थित सीडीएससीको कार्यलयमा एक कार्यक्रमका बीच सीडिएससीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आर्चाय तथा कामना सेवा बैैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
हाल सीडीएससीबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन्।
कामना सेवा विकास बैंकले निक्षेप सदस्यसम्बन्धी कार्यहरु शीघ्र सञ्चालनमा ल्याउने योजना बनाएको छ।