काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरबापत लाग्ने कर तिर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत वैशाख ७ गते सम्पन्न १० औँ वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७६/७७ का लागि पारित ९.७३ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर सेयरधनी स्वयमले भुक्तानी गर्नुपर्ने भएकाले करबापतको रकम जम्मा गर्न कम्पनीले सेयरधनीहरुलाई आग्रह गरेको हो ।
कम्पनीले करबापतको रकम जम्मा गरेपश्चात मात्रै बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा हुने भएकाले बोनस सेयरबापतको रकम उल्लेखित विवरण अनुसारको बैंक(एनएमबी बैंक) खातामा जम्मा गरी संस्थाको इमेल ठेगानामा पठाउन सकिने संस्थाले जनाएको छ । यसरी रकम जम्मा गर्दा अनिवार्य रुपमा डिम्याट खाता खुलाउन पर्नेछ ।