काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ । संस्थाले गत पुस ३० गते सम्पन्न १२ औँ वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुका लागि पारित १३ प्रतिशत बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।
कालिका लघुवित्त र साविकको जनसेवी लघुवित्त एक आपसमा मर्ज भई कालिका लघुवित्तको नाममा एकिकृत कारोबार भएको मिति २०७६ पुस २३ गतेपश्चात सेयर खरिद गरेका बोनस सेयरमा लागने कर बापतको रकम स्वयम ले नै तिर्नुपर्ने संस्थाले जनाएको छ ।
सेयरधनीहरुले लक्ष्मी बैंकमा रहेको संस्थाको बैंक खातामा रकम जम्मा गर्नुपर्नेछ ।