काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज निर्जीवन बीमा उपसूचक वृद्धि भएको छ। आज निर्जीवन बीमा उपसूचक १९४.५५ अंकले बढ्दै १४३६४.०८ बिन्दुको उचाईमा पुुग्यो। यो दिन जीवन बीमा उपसूचक भने ५४.५७ अंकले घट्लै १८१४१.७२ बिन्दुमा सीमित भयो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा दुुईवटा बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गरे। आज आइएमई जनरलको सेयरमूल्य ४.६४ प्रतिशतले बढ्दै प्रतिकित्ता १३९८ रुपैयाँ कायम भयो। यस्तै आज सूुर्या लाइफ इन्स्योरेन्सको सेयरमूल्य पनि ४.३९ प्रतिशतले बढ्दै प्रतिकित्ता ९९८ रुपैयाँ कायम भयो। आज राष्ट्रिय बीमा संस्थानको सेयरमूल्य ४.२९, युनाइटेड इन्स्योरेन्स ३.१५ र हिमालयन जनरलको सेयरमूल्य २.०७ प्रतिशतले बढ्यो।
त्यस्तै आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनी परेनन्।
बजारमा अरु के–के भयो ?
आज नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भयो। परिसूचक ३.०७ अंकले बढ्दै २८२३.०६ बिन्दुको उचाईमा पुुग्यो। यो दिन बजारमा २१६ कम्पनीका २ करोड ७१ लाख ४० हजार २०२ कित्ता सेयर १३ अर्ब १७ करोड ५३ लामख ५३ हजार १८८ रुपैयाँमा किनबेच भयो। परिसूचक, कारोबार रकम र कारोबार कित्ताका आधारमा आज नेप्सेले किर्तीमान कायम गरेको छ। यी आकँडाहरु आजसम्मकै सबैभन्दा धेरै हो।
आज बजारमा ५ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य सबै समूहमा रातो पोतियो। आज हाइड्रो समूह ५.२ अंकले बढ्यो भने बैंकिङ समूह ४.०८, म्युचुुअल फन्ड ०.०९ र लगानी समूह १.४१ अंकले बढ्यो।
व्यापार समूह ५७.६अंकले घटेको आज होटm एण्ड टुरिजम १७, विकास बैं ३२.९, वित्त ३६.४२, उत्पादन तथा प्रशोधन ४७.८२, अन्य ९.३१ र लघुवित्त समूह ५.३७ अंकले घट्यो।
आज वरुण हाइड्रोपावरको सेयरमूल्यमा सर्वाधिक अर्थात ९.९५ प्रतिशतको उछाल आयो। यस्तै युनाइटेड इदी मर्दीको सेयरमूल्य ९.८९, माउन्टेन हाइड्रो ९.८७, ग्रिन डेभलपमेन्ट बैंक ९.४५ र एचआईडीसीएलको सेयरमूल्य ७.१० प्रतिशतले बढ्यो।
आज एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। बैंकको सेयरमूल्य ४.४७ प्रतिशतले घट्यो।
यो दिन एचआईडीसीएलको सर्वाधिक सेयर कारोबार भयो। आज कम्पनीको १ अर्ब २६ करोड बढीको सेयर कारोबार भयो भने नेको इन्स्योरेन्सको ३७ करोड ३३ लाख, नेपाल पुनर्बीमा कम्पनीको २८ करोड २० लाख र आइएमई जनरलको २५ करोड ७० लाख बढीको सेयर कारोबार भयो।