काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज दुवै बीमा उपसूचकमा हरियाली छाएको छ। आज जीवन बीमा उपसूचक २०४.१४ अंकले बढ्दै १८२४०.४० बिन्दुको उचाईमा पुुग्यो। यो दिन निर्र्जीवन बीमा उपसूचक पनि ८१.०७ अंकले उकालो लाग्दै १४३६२.६४ बिन्दुको उचाईमा पुुग्यो।
आज सबैभन्दा धेरै कमाउने शीर्ष १० कम्पनीको सूचीमा कुनै पनि बीमा कम्पनीले आफ्नो स्थान सुरक्षित गर्न सकेनन्। बीमातर्फ आज आइएमई जनरलको सेयरमूल्यमा सर्वाधिक वृद्धि भयो। कम्पनीको सेयरमूल्य ७.४५ प्रतिशतले बढ्यो। यो वृद्धिसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता १३७० रुपैयाँ कायम भयो। यस्तै नेशनल लाइफको सेयरमूल्य ६.७८ र नेपाल पुनर्बीमाको सेयरमूल्य ३.०४ प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै गुमाउने शीर्ष १० कम्पनीको सूचीमा तीनवटा बीमा कम्पनी परे। आज शिखर इन्स्योरेन्सको सेयरमूल्य ०.९५, ज्योति लाइफ ०.५७ र सानिमा जनरलको सेयरमूल्य ०.३८ प्रतिशतले घट्यो।
बजारमा अरु के–के भयो ?
आज बजारमा तीनवटा किर्तीमान कायम भयो। आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भयो। परिसूचक ३४.६८ अंकले बढ्दै २७९३.८९ बिन्दुको उचाईमा पुुग्यो। यो अहिलेसम्मकै उच्च बिन्दु हो। दिन बजारमा २१५ कम्पनीका २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता सेयर ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ०९२ रुपैयाँमा किनबेच भयो। कारोबारका हिसाबले पनि आज रेकर्ड कायम भएको छ। यसअघिको उच्च कारोबार १० अर्ब ३६ करोडको थियो। कारोबार कित्तामामा पनि आज रेकर्ड कायम भएको छ।
आज बजारमा एउटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छायो। बैंकिङ समूह ४.७१ अंकले बढेको आज व्यापार समूह ७६.८, होटल एण्ड टुरिजम २००.१८, विकास बैंक १००.४६, हाइड्रोपावर ९६.९८, वित्त ८०.५५, अन्य १६.५१, लघुवित्त ८५.४१, म्युुचुुअल फन्ड ०.०६ र लगानी समूह २.८५ अंकले बढ्यो।
आज उत्पादन तथा प्रशोधन समूह ५.२८ अंकले घट्यो।
आज ११ कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढ्यो। सोल्टी होटल, होरियन्टल होटल, नेशनल हाइड्रोपावर, विशाल बजार, वेष्ट फाइनान्सु, मिथिला लघुवित्त, समता घरलु लघुवित्त, कालिका पावर कम्पनी, घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा र शिवश्री हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढ्यो।
आज एनटीसीको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो। कम्पनीको सेयरमूल्य १.०७ प्रतिशतले घट्यो।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो। कम्पनीको ६७ करोड ९२ लाख बढीको सेयर कारोबार भयो। यस्तै नेशनल लाइफ ३१ करोड ५६ लाख, अरुण काबेली ३१ करोड ४३ लाख र आइएमई जनरलको ३० करोड ८४ लाख बढीको सेयर कारोबार भयो।