काठमाण्डौ । काठमाण्डौ जिल्लाको कीर्तिपुर नगरपालिकामा कृषि विकास बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर सुरु गरिएको छ।
एक्सटेन्सन काउन्टरको कार्यक्रमका प्रमुख अतिथि तथा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले औपचारिक उद्घाटन गरे। महर्जनले बैंकले उपलव्ध गराउने सेवाहरुले स्थानीय जनताको आर्थिक तथा सामाजिक स्थीति सक्षम÷सवल बनाउनमा विशेष महत्व खेलेको र आगामी दिनमा स्थानीयको मन छुने गरी अझ बढी प्रभावकारी सेवा उपलव्ध गराई जीवनस्तर उकास्नमा मद्दत पुगने विश्वास व्यक्त गरे।
नगरपालिका परिसरमा राखिएको एटिएम मेसिनको शुभारम्भ र ढुंगेधारासहितको बगैंचा उद्घाटनसमेत मेयर महर्जन र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संयुक्त रुपमा गरे।
त्यसैगरी नगरपालिकाकी उपमेयर सरस्वती रिजालले नगरपालिका परिसरभित्र बैंकले राखिदिएको एक्सटेन्सन काउन्टरले राजश्व संकलन तथा बैंकिङ कारोबार महत्वपूर्ण सेवा उपलव्ध गराउने, नगरपालिका परिसरभित्र बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरी बगैँचा÷उद्यान निर्माणमा महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिइन्।
कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुवदी, यज्ञप्रकाश न्यौपाने, कृषि विकास बैंक बागमती प्रदेश प्रमुख सुन्दर खतिवडा, विभागीय प्रमुख गिरिधारी पौडेल, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल, शाखा प्रमुख धु्रव पौडेल, कृषि विकास बैंक कीर्तिपुर शाखाका कर्मचारीहरु उपस्थिति थियो।