काठमाण्डौ । कुमारी बैंकले लाभांस अनुपात संसोधन गरेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांस संसोधन गरेको हो।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस अघि प्रस्ताव गरिएको नगद र बोनस लाभांस दर संसोधन गरेको छ। सञ्चालक समितिले हाल कायम चुक्तापुँजीको १०.८५ प्रतिशतले हुन आउने बोनस सेयर र ३.१५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव सहित लाभांस संसोधन गरेको छ।
यस अघि भने बैंकले १०५ बोनस सेयर र ४५ नगद गरी कुल १४५ नै लाभांश दिने घोषणा गरेको थियो । कुल लाभांश यथावत रहे पनि बैंकले बोनस र नगद दर भने संशोधन गरेको हो।
नेपाल राष्ट्र बैंकबाट जारी इजाजतपत्र प्राप्त बैंक तथा तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृति गर्ने कार्यविधि, २०७७ खण्ड ९ख० लाभांश स्वीकृतिसम्बन्धी बुँदा नं.११ को प्रावधान सम्मत हुने गरी पुनः संशोधन गरिएको बैंकले जनाएको छ।