कुमारी ईक्वीटी फन्डमा आवेदन दिने आज अन्तिम दिन

2021-03-09
कुमारी ईक्वीटी फन्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । कुमारी बैंक लिमिटेड कोष प्रवद्धर्क र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी ईक्वीटी फन्डमा आवेदन दिने आज(फागुन २५ गते) अन्तिम दिन रहेको छ। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी ईक्वीटी फन्डको सार्वजनिक निष्कासन गत फागुन १४ गतेदेखि भएको थियो । बैंकले प्रति इकाई मूल्य रु.१० दरको ८ करोड इकाई निष्कासन गरेको हो। 

कुल इकाईमध्ये १ करोड २० लाख इकाई९कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत०इकाई कोष प्रबद्र्धक कुमारी क्यापिटलका लागि सुरक्षित राखिएको छ। बाँकी ६ करोड ८० लाख इकाईको निष्कासन तथा बिक्री आजेदेखि खुला गरिएको छ। 

यो ईक्वीटी फन्डमा कुनै पनि इच्छुक संघसंस्था तथा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्युनतम १०० इकाई र अधिकतममा ८० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यालयहरुबाट तथा सिडिएस एण्ड क्लियरीङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सिआस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। 

 


Share this with your friends: