कुमारी इक्वीटी फन्डमा माग गरेभन्दा ३५% बढी आवेदन

2021-03-10
कुमारी इक्वीटी फन्डमा माग गरेभन्दा ३५% बढी आवेदन

काठमाण्डौ । कुमारी इक्वीटी फन्डमा माग गरेभन्दा बढी आवेदन परेको छ। गत फागुन १४ गतेदेखि फागुन २५ गतेसम्म निष्कासन गरिएको यो इक्वीटी फन्डमा माग गरेभन्दा ३५ प्रतिशत बढी आवेदन परेको कुमारी क्यापिटलले जनाएको छ। 

कुमारी बैंक लिमिटेड कोष प्रवद्धर्क र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी ईक्वीटी फन्डको सार्वजनिक निष्कासन गत फागुन १४ गतेदेखि खुला गरिएको थियो। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी ईक्वीटी फन्डको प्रति इकाई मूल्य रु।१० दरको ८ करोड इकाई निष्कासन गरिएको थियो। 

कुल इकाईमध्ये १ करोड २० लाख इकाई९कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत०इकाई कोष प्रबद्र्धक कुमारी क्यापिटलका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणका लागि बाँकी ६ करोड ८० लाख इकाईको निष्कासन गरिएको थियो। 

 


Share this with your friends: