काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । कुमारी इक्वीटी फन्डको वैशाख मसान्तमा प्रतिइकाई खुद सम्पति मूल्य १०.३४२ रुपैयाँ कायम भएको छ । यसको न्याभ अघिल्लो महिनाको भन्दा ०.०७९ पैसाले बढी हो । चैतमा फन्डको न्याभ १०.२६३ रुपैयाँ कायम थियो । वैशाख मसान्तमा सूचीकृत कम्पनीको सेयरमा लगानी रकम बढेर ४० करोड ७१ लाख ४७ हजार ८२६रुपैयाँ पुगेको छ ।
चैतमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी रकम ३७ करोड ३६ लाख ९९ हजार ८३८ रुपैयाँ थियो । फन्डको बैंक मौज्दात भने घटेको छ । चैतमा ४८ करोड ३० लाख ८२ हजार ६२६रुपैयाँ रहेको बैंक मौज्दात घटेर वैशाखमा ४२ करोड ६४ लाख ९९ हजार ५४२ रुपैयाँमा झरेको छ । यस अवधिमा फन्डले २४ वटा सूचीकृत कम्पनीको १८ लाख ९७ हजार ५२५ कित्ता सेयर होल्ड गरेको छ ।
फन्डले बैंक मुद्दती निक्षेपमा १५ करोड, ऋणपत्र÷बोन्डमा १ करोड १७ लाख ३७ हजार र सार्वजनिक निष्कासन÷बोनस सेयर तथा हकप्रदमा ३ करोड ६४ लाख २४ हजार १०९ रुपैयाँ लगानी गरेको छ ।