काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकहरुले दृष्टि दि भिजन आई सेन्टर प्रालिमा आँखा सम्बन्धित उपचार सेवामा सहुलियत पाउने भएका छन्।
बैंकको ग्राहकहरुलाई सहुलियत उपलब्ध गराउने विषयमा कुमारी बैंक र दृष्टि दि भिजनबीच सम्झौता भएको हो। सम्झौतापत्रअनुसार दृष्टि दि भिजनबाट प्रदान गरिने आँखा उपचारसम्बन्धी सेवाको सेवा शुल्क कुमारी बैंकका डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवाग्राहीले आँखा परामर्श सेवा शुल्कमा २०५ सम्म र आँखासम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
सहुलियत उपलब्ध गराउने सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि दि भिजनका निर्देशक डा. रोहित सैजुले हस्ताक्षर गरेका छन्।
कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटीएम, २६ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ ।