कुमारी इक्विटी फन्डको बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाधनीहरुले पाउँछन् ५% नगद लाभांस ?

2021-08-03
कुमारी इक्विटी फन्डको बुक क्लोज मिति तय, कहिलेसम्म कायम इकाधनीहरुले पाउँछन् ५% नगद लाभांस ?

काठमाण्डौ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी फन्डको बुक क्लोज मिति तय गरिएको छ । फन्डका लागि घोषणा गरिएको ५ प्रतिशत नगद लाभांसका लागि बुक क्लोज मिति तय गरिएको हो । 

फन्डको लाभांस वितरण प्रयोजनार्थ आगामी साउन २५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिएको छ । यसर्थ साउन २४ गतेसम्म कायम इकाइधनीहरु मात्रै प्रस्तावित लाभांस प्राप्त गर्न योग्य हुनेछन् । 

कोष व्यवस्थापक कुमारी क्यापिटल लिमिटेडको साउन १७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि ५ प्रतिशत नगद लाभांस घोषणा गरेको हो ।  


Share this with your friends: