कुमारी बैंकद्वारा महामारी नियन्त्रण कोषलाई सहयोग प्रदान

2021-08-22
कुमारी बैंकद्वारा महामारी नियन्त्रण कोषलाई सहयोग प्रदान

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य संघद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा रु. ५० हजार सहयोग गरेको छ। 

बैंकले एक संक्षिप्त कार्यक्रममाझ बैंकका उर्लाबारी शाखाका प्रबन्धक युवराज दाहालले दमक वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, पूर्वअध्यक्ष तथा महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईंलाई संयुक्त रुपमा सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे। 

कोरोनाको प्रकोपलाई फैलन नदिने, क्वारेन्टाइन व्यवस्थापन, औषधोपचार, विपन्नलाई खाद्यान्नको व्यवस्थालगायतका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश १ मा दमक उद्योग वाणिज्य संघले गर्दै आएको प्रसंशनीय कार्यहरुको सरहनास्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ। लकडाउनको यस विषम परिस्थितिमा पनि बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी सक्रिय एटीएम सेवालगायत नगद काउन्टर, रेमिट्यान्सलगायत एलसी, ग्यारेन्टी सुविधाहरू उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ ।


Share this with your friends: