कुमारी बैंकका ग्राहकले मेडी क्वेस्ट ल्याबरोटोरीमा आकर्षक छुट पाउने

2021-08-24
कुमारी बैंकका ग्राहकले मेडी क्वेस्ट ल्याबरोटोरीमा आकर्षक छुट पाउने

काठमाण्डौ। कुमारी बैंकका ग्राहकले ललितपुरको जावलाखेलस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा सेवा लिदाँ २० प्रतिशतसम्म छुट पाउने भएका छन्।

आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र मेडी क्वेस्ट ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो। सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा मेडी क्वेस्ट ल्याबरोटोरीका तर्फबाट कार्यकारी अध्यक्ष सुनिल श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

सम्झौतापत्रअनुसार मेडी क्वेस्ट ल्याबरोटोरीका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २०५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटीएम, २८ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे छ। 


Share this with your friends: