कुमारी बैंकद्वारा निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना

2021-09-03
कुमारी बैंकद्वारा निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना

काठमाण्डौ । कुमारी बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत लिमिटेडले निःशुल्क एन्टिजेन टेस्ट क्याम्प आयोजना गरेको छ। 

उक्त क्याम्प काठमाण्डौको टंगालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा आज आयोजना गरिएको हो। क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई ऐन्टिजेन टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए नभएको रिपोर्ट १५ मिनेटमै दिएको जानकारी गराएको छ।  

कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटीएम, २८ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ। 


Share this with your friends: