कुमारी बैंकद्वारा लाभांस प्रस्ताव

2021-09-28
कुमारी बैंकद्वारा लाभांस प्रस्ताव

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि हालको चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र २.६७ प्रतिशत नगद लाभांस गरी कुल ८.६७ प्रतिशत लाभांस वितरणको प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ रुपैयाँ रहेको छ । 

बैंकद्वारा प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ । 


Share this with your friends: