काठमाण्डौ। कुमारी बैंक लिमिटेडका ग्राहकले काभ्रेको धुलिखेलस्थित सारथि होटेलमा विशेष छुट पाउने भएका छन्।
बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा कुमारी बैंक र सारथि होटेल प्राइभेट लिमिटेडबीच सहकार्य भएको हो। सो सहकार्यपश्चात कुमारी बैंकका ग्राहकले सारथि होटेलअन्तर्गतका विभिन्न खानपिनलगायतमा १०५ देखि १५५ सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन्।
छुटसम्बन्धी सम्झौतापत्रमा कुमारी बैंक बनेपा शाखाकी शाखा प्रबन्धक नवीना बैद्यले तथा सारथि होटेलका प्रबन्ध निर्देशक तथा कार्यकारी अध्यक्ष प्रह्लाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।
कुमारी बैंकले आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १६५ एटीएम, ३२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।