काठमाण्डौ । कुमारी बैंक लिमिटेड कोष प्रवद्र्धक र कुमारी क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको कुमारी इक्विटी फन्डको सार्वजनिक निष्कासन लम्बिएको छ ।
लगानीकर्ताले अब यो म्युचुअल फन्डमा फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले गत फागुन १४ गतेदेखि कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने कुमारी इक्विटी फन्डको प्रतिइकाइ मूल्य रु।१० दरको ८ करोड इकाइ निष्कासन गरेको थियो।
कुल इकाइमध्ये १ करोड २० लाख इकाइ ९कुल बिक्री भएको इकाइ संख्याको १५ प्रतिशत इकाइ कोष प्रबद्र्धक कुमारी क्यापिटलका लागि सुरक्षित राखिएको छ। बाँकी ६ करोड ८० लाख इकाइको निष्कासन तथा बिक्री आजेदेखि खुला गरिएको छ।
यो इक्विटी फन्डमा कुनै पनि इच्छुक संघसंस्था तथा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० र अधिकतममा ८० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका कार्यालयहरुबाट तथा सिडिएस एण्ड क्लियरीङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सिआस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
यो ईक्वीटी फन्डमा मागभन्दा बढी संख्यामा आवेदन परेमा फागुन २८ अगावै निष्कासन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएको छ ।