काठमाण्डौ । कृषि तथा पशुपन्छी प्राविधिकको रुपमा काम गर्ने व्यक्तिहरुले अब बीमा अभिकर्ता भई काम गर्न सक्ने भएका छन्। बीमा समितिले कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ लाई परिमार्जन गर्दै यस्तो व्यवस्था गरेको हो।
बीमा समितिले कृषि तथा पशुपन्छी बीमा निर्देशिका २०७७ परिमार्जन गर्दै प्राविधिकले बीमा अभिकर्ताको काम गरेवापत ५ प्रतिशत पारिश्रमिक प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ।
व्यक्तिगत तथा संस्थागत प्राविधिकले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कार्य गर्दा एउटै बीमालेखमा प्राविधिक र अभिकर्ता भइ कार्य गर्न पाउने छन्।
कुनै व्यक्तिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कार्य गर्न चाहेमा प्राविधिकको योग्यता पुरा गरि अभिकर्ताको इजाजतपत्र प्राप्त गर्नु पर्छ।