काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा कृषि विकास बैंकको दुईवटा कृषि ऋणपत्र सूचिकृत भएको छ। नेप्सेमा आज(मंसिर २८)कृषि विकास बैंकको ८ र ९ वर्षे अवधिको दुईवटा कृषि ऋणपत्र सूचीकृत भएको हो ।
बैंकको अंकित तथा चुक्तामूल्य रु १००० कायम भएका ६० लाख कित्ता भएको ८ वर्षे अवधिको ४ प्रतिशत ब्याजदर भएको र चुक्तामूल्य १००० कायम भएका ३४ लाख २६ हजार ९७५ कित्ता भएको ९ वर्षे अवधिको ४ प्रतिशत ब्याजदर भएका कृषि ऋणपत्र नेप्सेमा सूचीकृत भएका हुन् ।
यी दुवै ऋणपत्र धितोपत्र सूचीकरण नियमावली २०७५ बमोजिम गत मंसिर २६ गतेको निर्णय बमोजिम सूचीकरण गरिएको हो।
यससँगै आज(मंसिर २८ गते) नेप्से र बैंकबीच ऋणपत्र सूचीकरण सम्झौता सम्पन्न भएको छ।