काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले कर्जाको हर्जाना ब्याजमा सतप्रतिशतसम्म छुट दिने भएको छ ।
कोभिड–१९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी बैंकले कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो।
बैंकले यो विशेष छुटको सदुपयोग गरी लाभांन्वित हुन कर्जा ग्राहकलाई आग्रह गरेको छ। यसका लागि आफूले कारोबार गर्दै आएका कृषि विकास बैंकका शाखाहरुमा यही असार मसान्तभित्र यथाशीघ्र सम्पर्क गर्न पनि बैंकले सुझाएको छ।