कृषि विकास बैंकको डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

2021-06-30
कृषि विकास बैंकको डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको डिबेन्चर रिजष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकको ७ वर्षे अवधिको ६ अर्ब रुपैयाँ कृषि ऋणपत्रको डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिएको हो ।  

कृषि विकास बैंकले कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन कृषि ऋणपत्र जारी गरेको थियो ।

 डिबेन्चर रजिष्ट्रार सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत यज्ञप्रकाश न्यौपाने तथा एनआईबिएल एस क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन्। 


Share this with your friends: