कृषि विकास बैंकद्वारा क्रेडिट कार्ड जारी, यस्ता छन् सुविधा

2021-06-30
कृषि विकास बैंकद्वारा क्रेडिट कार्ड जारी, यस्ता छन् सुविधा

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले क्रेडिट कार्ड व्यवसायको सुरुआत गरेको छ। बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकताअनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलब्ध गराउने उदेश्यले गत वैशाखबाट क्रेडिट कार्ड व्यवसायको सुरुआत गरिसकेको छ । 

यही क्रममा बैंकले  हालसम्म बैंकले ७८ वटा कार्डहरु जारी गरिसकेको छ।  

नेपालका सरकारीस्तरका बैंकहरुमा यो सेवा प्रदान गर्ने कृषि विकास बैंक पहिलो बैक भएको छ। कार्यालयको कार्यक्षेत्रभित्र बसोबास गरी दिगो आयस्रोत भएका विश्वासिला नेपाली नागरिक, कृषि विकास बैंकका पूर्वकर्मचारी तथा कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन्।

बैंकले जारी गरेको क्रेडिट कार्डको सीमा न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम १० लाख रुपैयाँसम्म कायम गरिएको छ। 


Share this with your friends: