कृषि विकास बैंकद्वारा कृषि सामग्री तथा उपकरण हस्तान्तरण

2021-07-09
कृषि विकास बैंकद्वारा कृषि सामग्री तथा उपकरण हस्तान्तरण

काठमाण्डौ । कृषि विकास वैंक लिमिटेडले सामामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कृषि सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ। बैंकको भरतपुर शाखा कार्यालयले भरतपुर–२५ स्थित युवा आधुनिक सामुहिक खेती फर्मलाई कृषि सामग्री र उपकरण हस्तान्तरण गरेको हो। 

बैंकले फर्मलाई १८० थान क्रेट, १८ थान आटोमेटिक स्प्रे मेसिन तथा १ थान डिजिटल काँटा एक कार्यक्रमबीच हस्तान्तरण गरेको हो। ती सामग्री कृषि विकास बैंक सञ्चालक सञ्जीव पौडेलले फर्मका अध्यक्ष लेखनाथ भुसाललाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा कृषि विकास वैंक प्रदेश कार्यालय वीरेन्द्रनगरका निर्देशक कृष्ण नकर्मी, वरिष्ठ शाखा प्रमुख सञ्जीवकुमार उप्रेती, कृषि विकास वैंक शाखा कार्यालय भरतपुरका प्रबन्धक दिनेशबाबु नेपाल, समूहमा आवद्ध कृषक सदस्यहरु, स्थानीय एवं बैंकका कर्मचारीको उपस्थिति रहेको बैंकले जनाएको छ ।


Share this with your friends: