केयर रेटिङस् नेपालद्वारा वार्षिक साधारण सभा आह्वान

2021-10-01
केयर रेटिङस् नेपालद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । केयर रेटिङस् नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको ५ औँ वार्षिक साधारण सभा डोकेको हो । 

बैठकले आगामी कात्तिक ढ गते म.गलबारका दिन काठमाण्डौ पुतलीसडकमा रहेको स्टार मलको दोस्रो तल्लामा अवस्थित कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २१.०५ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव पारित गरिनेछ । 

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असारमसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८÷७९ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  


Share this with your friends: